स्थगित कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने



काठमाडौं,वैशाख १० । कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने बताएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले भिडियो सन्देश मार्फत स्थगित परिक्षा बैशाख २१ गतेबाट सुरु हुने र यसबारे भोलि बोर्ड बैठक बसेर विस्तृत सुचना सार्वजनिक गर्ने जानकारी दिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्