शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त 



काठमाडौं,वैशाख १० । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।

नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन । उनी हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको सदस्यको जिम्मेवारीमा छन् । उनको पद तथा गोपनीयताको सपथ बिहीबार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्