प्रधानमन्त्री निवासअगाडि नेविसंघ कार्यकर्ताहरुको प्रदर्शन, आधा दर्जन नेता पक्राउ



काठमाडौं,वैशाख ११ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कारण नेपालको शिक्षा क्षेत्र अस्तव्यस्त बनेको, त्रिविका भिसीको राजीनामा आउनु र शिक्षामन्त्रीबाट विद्या भट्टराईबाट राजीनामा आउनु र शिक्षकहरुको आन्दोलन नरोकिनुमा पनि प्रधानमन्त्री ओली नै दोषी रहेको निश्कर्षसहित नेविसंघका केन्द्रीय सदस्य विनोदराज जोशीको नेतृत्वमा आज प्रदर्शन भएको हो । यसरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, आरआर क्याम्पस ईकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेविसंघ अस्कल क्याम्पस नेता सुमित भट्टराई, नेविसंघ नेपाल ल क्याम्पसका नेताहरु मनिष भट्टराई र आदर्श तिवारी, नेविसंघ काठमाडौँ स्कुल अफ ल का नेता हिमाल विष्ट रहेका ।

प्रतिक्रिया दिनुहोस्