श्रीमानको किरिया बसेकी श्रीमतीको निधन



दाङ,वैशाख १३ । श्रीमानको किरिया कर्मकै अवस्थामा रहेकी भगवती शर्माको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतीपुरका नारायण आचार्यको निधन भएको ६ दिनपछि श्रीमती भगवती शर्मा किरिया बसेकै अवस्थामा शनिबार बिहान निधन भएको हो ।

शुक्रबार राति ११ बजे जीवनजल पानी खाएर सुत्नु भएको शर्मा बिहान उठाउने बेला न उठेपछि तत्काल राप्ती लाइफ केयर हस्पिटलमा लगिएको थियो ।

अस्पताल लगिए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको विनोद शर्माले जानकारी दिए ।

शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोल रोगबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्