पञ्चकन्याको घ्याङस्वारामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु



नुवाकोट, वैशाख २८ — “खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रका लागि” भन्ने मूल नाराका साथ वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८२ आजबाट घ्याङस्वारा सहिद स्मारक पर्यटकिय पार्कमा सुरु भएको छ।

उद्घाटन समारोह पञ्चकन्या गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सन्च तामाङको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष विमला के.सी.को उपस्थिति रहेको थियो। साथै, अन्य जनप्रतिनिधिहरू, खेलप्रेमी र स्थानीय दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै वक्ताहरूले खेलकुदले युवाहरूको स्वास्थ्य सुदृढ बनाउने र राष्ट्र निर्माणमा सकारात्मक योगदान पुर्‍याउने उल्लेख गरे।

प्रतियोगितामा विभिन्न वडास्तरीय टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ। खेलाडीहरूमा उत्साह र जोश देखिएको छ भने स्थानीय बासिन्दामा पनि खेलप्रति ठूलो रुचि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्