साततले दरबार र अन्य सम्पदाको संरक्षण तथा पुनर्निर्माणमा तीव्रता : नगरप्रमुख श्रेष्ठ



नुवाकोट, वैशाख २९ । नुवाकोटको ऐतिहासिक साततले दरबार, तुलजा भवानी मन्दिर लगायतका सांस्कृतिक तथा धार्मिक सम्पदाको पुनर्निर्माण र प्रवलीकरणको कार्यमा उल्लेख्य प्रगति भइरहेको छ। यही सन्दर्भमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले हालै पुनर्निर्माणको अवस्था निरीक्षण गर्दै विभिन्न महत्वपूर्ण निर्देशनहरू दिएका छन्।

नगरप्रमुख श्रेष्ठले साततले दरबार सहित सम्पूर्ण संरचनाहरूको सामग्रीको हिफाजत, संरक्षण र प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (साततले दरबार संग्रहालय), ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ तथा अन्य सरोकारवाला निकायलाई क्षति–नोक्सान हुन नदिन सावधानी अपनाउन निर्देशन दिइएको छ।

नुवाकोट क्षेत्रका यी सम्पदाहरूको पुनर्निर्माणले यहाँको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झन् बढ्ने अपेक्षा गरिएको छ। साथै, नगरप्रमुख श्रेष्ठले स्थानीय जनताको सहयोग र सरोकारवाला निकायबीच समन्वय बढाएर कार्य अघि बढाउन जोड दिएका छन्।

पुनर्निर्माण कार्य सम्पन्न भएपछि नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्