नुवाकोटको छहरेमा रहेको विन्द्राचलधाममा बुद्ध जयन्तीको अवसरमा दीप प्रज्वलन र सत्सङ्ग कार्यक्रम



नुवाकोट, वैशाख २९— वैशाख शुक्ल पूर्णिमाको पावन अवसरमा नुवाकोटको छहरेस्थित विन्द्राचलधाममा आज विशेष दीप प्रज्वलन तथा सत्सङ्ग कार्यक्रम आयोजना गरिएको छ।

भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण सम्झँदै आयोजित कार्यक्रममा ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुआत दीप प्रज्वलन गरेर गरिएको थियो। उपस्थित साधक, भक्तजन र श्रद्धालुहरूले संयुक्त रूपमा दीप बालेर शान्ति, करुणा र विश्व बन्धुत्वका लागि प्रार्थना गरे। त्यसपश्चात् आयोजित सत्सङ्गमा आध्यात्मिक वक्ताहरूले बुद्धका शिक्षाहरूको महत्व र आजको समाजमा यसको प्रासङ्गिकता विषयमा भजन तथा प्रवचन दिएका थिए।

आयोजक समितिले कार्यक्रममा सहभागिता जनाएका सम्पूर्ण साधक, भक्तजन र सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। यसै अवसरमा समितिले आगामी कार्यक्रम शनिवार, बिहान ११ बजे, सोही विन्द्राचलधाम प्रांगणमा अर्को सत्सङ्ग तथा विशेष कार्यक्रम आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्