पञ्चकन्यामा वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न

नुवाकोट,वैशाख २९ । पञ्चकन्या गाउँपालिका वडा नं. ४ मा आयोजित “वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८२” वैशाख २९ गते घ्याङस्वारा शहीद स्मारक पर्यटकिय पार्कमा समापन भएको छ।
समापन सत्रको सभाध्यक्षता वडा नं. ४ का अध्यक्ष सन्च तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रुपमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ र उपाध्यक्ष विमला के.सी समेत सहभागी थिए । साथै विभिन्न अतिथिहरू र स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तादी गाउँपालिका वडा नं. २ को टिम प्रथम स्थान हासिल गर्न सफल भएको छ।
समापन कार्यक्रममा खेलकुदले स्वास्थ्य र राष्ट्रिय गौरवमा पुर्याउने योगदानको चर्चा गर्दै भविष्यमा अझ व्यवस्थित र ठूलो प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।