मखनटोलमा लागेको आगो नियन्त्रणमा, एक महिलाले ज्यान गुमाइन



काठमाडौं,वैशाख ३१ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो ।

काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो ।

घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्