प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय अधिकारीको भेट



काठमाडौं,जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिंह अलिस्जाहबानाले शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्दै वातावरणीय मुद्दामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले सगरमाथाको मुलुक नेपालको अग्रसरतामा वातावरणीय महत्त्वबारे विश्वलाई गम्भीर रूपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको जानकारी गराए ।

भेटका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्