पञ्चकन्याको थप्रेक- भट्टेडाँडा, कुलकुले-घट्टेखोला सडक स्तरोन्नति, वैकल्पिक मार्ग प्रयोगको अनुरोध



नुवाकोट,जेठ २ — पञ्चकन्या गाउँपालिका–४, थप्रेकस्थित लाकुरीबोट भट्टेडाँडा, कुलकुले हुँदै काभ्रेखोला (घट्टेखोला) जोड्ने सडक खण्डमा हाल स्तरोन्नतिको कार्य भईरहेको छ। निर्माण कार्यका कारण उक्त सडकखण्डमा सवारी साधनको नियमित आवतजावतमा अवरोध हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न वडा कार्यालयले अनुरोध गरेको छ।

वडा अध्यक्ष सन्त तामाङद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “सडक निर्माण कार्यका क्रममा हुने असुविधाका लागि क्षमायाचना गर्दछौं। यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिन्छ।”

सडक स्तरोन्नति कार्य सम्पन्न भएपछि आवागमन सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासी तथा यात्रुहरूलाई निर्माण कार्यमा सहयोग पुर्‍याई धैर्य गर्न पनि वडा कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्