नुवाकोटका विभिन्न क्षेत्रमा भोलि ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

नुवाकोट, जेठ २ — नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण केन्द्रले शनिबार (जेठ ३ गते) नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार देविघाट सबस्टेशनबाट चौघडा सबस्टेशनतर्फ गएका ३३ के.भी. लाइनमा बुस कटिङ तथा मर्मत सम्भार कार्य गर्नुपर्ने भएकाले सो दिन बिहान ७ बजेदेखि ११ः३० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
विद्युत् आपूर्ति बन्द रहने क्षेत्रहरूमा शिवपुरी गाउँपालिका–५, तादी गाउँपालिका–६, लिखु गाउँपालिका–३, ४, ५, ६, पञ्चकन्या गाउँपालिका–२ र ५ तथा सूर्यगढी गाउँपालिका–१ रहेका छन्।
प्राधिकरणले निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा विद्युत् सेवा चाँडै पुनः सञ्चालनमा ल्याइने स्पष्ट पारेको छ। साथै, यस असुविधाप्रति क्षमायाचना गर्दै उपभोक्ताहरूको सहकार्यको अपेक्षा गरिएको छ।
