भारतीय वनमन्त्री यादवले भेटे प्रधानमन्त्री ओली



काठमाडौं,जेठ २ । भारतीय वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सगरमाथा सम्वादमा भाग लिनको लागि हिजोमात्रै काठमाडौं ओर्लिएका मन्त्री यादवले आज प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सम्वादको उद्घाटन सत्रलाई मन्त्री यादवले सम्बोधनसमेत गरिसकेका छन् । सो क्रममा मन्त्री यादवले कमजोर पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षणको लागि वैश्विक कारबाहीको लागि पाँच बुँदे आह्वानको रुपरेखा प्रस्तुत गरेका थिए ।

मन्त्री यादवले सीमापार संरक्षण प्रयासहरुलाई बढाउने विषयमा जोड दिए । सबै हिमाली देशहरुमा अन्तर्राष्ट्रिय बिग क्याट्स एलायन्सअन्तर्गत सहयोग गर्नसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्