साहित्यकार बिटु केसीको गजलसंग्रह “धीत” लोकार्पण

काठमाडौं,जेठ ३ । शुक्रवार एक समारोह वीच साहित्यकार बिटु केसीको “धीत” लोकार्पण भयो । चर्चित गीतकार एवं वरिष्ठ अर्थशास्त्री डा विश्वम्भर प्याकुरेल , वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल , वरिष्ठ चलचित्र निर्देशक , साहित्यकार एवं पत्रकार प्रकाश सायमी , साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला र गजलकार बिटु केसीले संयुक्त रूपमा ” धीत ” गजलसंग्रहको लोकार्पण गरे ।
कार्यक्रममा विविध क्षेत्रका वहुआयामीक व्यक्तित्वहरूको व्यापक सहभागिता थियो । उक्त कार्यक्रममा गजलकारहरू इम्तिहाज वफा , शान्ति शर्मा र मुम्ताज अन्जुमले बिटु केसीका गजलहरू वाचन गरेका थिए ।
लोकार्पण कार्यक्रममा बोल्नुहुने डा प्याकुरेल , ज्ञानुवाकर पौडेल र प्रकाश सायमीले बिटु केसीको गजल लेखनमा देखिएका विविध आयाम र सकारात्मक भावको प्रशंसा गरेका थिए ।
साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको अध्यक्षतामा सम्पन्न सो लोकार्पण कार्यक्रममा वरिष्ठ पत्रकार तारा बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यूवा गजलकार बाबु त्रिपाठीले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यकार , पत्रकार , विभिन्न क्षेत्रका व्यवसायी लगायत साहित्य प्रेमीहरुको उत्साहजनक उपस्थिति थियो । सायद त्यसैले वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले भने – ” पचपन्न वर्षको मेरो अनुभवमा यति राम्रो किताब विमोचन कार्यक्रम यो पहिलो पटक हो । “