नुवाकोटको शिवपुरी–६ मा बनभोज तथा वडा गतिविधि छलफल कार्यक्रम सम्पन्न



नुवाकोट, जेठ ३— स्थानीय सरोकार, विकास र समन्वयका विषयमा छलफल गर्नका लागि शिवपुरी गाउँपालिका–६ मा बनभोज तथा विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शनिबार शिवपुरी भिलेज रिसोर्टमा आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा वडा अन्तर्गतका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, विद्यालयका शिक्षक–कर्मचारी, विद्यार्थी तथा स्थानीयवासी गरी झण्डै डेढ सयजनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा अध्यक्ष विष्णु श्रेष्ठ, वडा सदस्य कमल लामा, वडा सचिव टिकाराम राई, समुद्रादेवी माविका प्रधानाध्यापक महेन्द्र ढकाल, कालिकादेवी माविका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठ, स्वास्थ्यकर्मी कल्याणभक्त पाण्डेलगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन स्थानीय पञ्चेबाजा समूह र लोक खैचडी भजन समूहले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्णु श्रेष्ठले नागरिकको आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय तहमा सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

त्यस्तै, वडा सदस्य कमल लामा( नुवाकोटे टाइगर) ले जनप्रतिनिधिहरू निरन्तर जनताको सेवामा खटिएको उल्लेख गर्दै आगामी दिनमा हुने सबै गतिविधिमा रचनात्मक सुझावको अपेक्षा रहेको बताए।

शिक्षा, स्वास्थ्य, समुन्नत स्थानीय विकास लगायत विषयमा सुझाव र छलफल आदानप्रदान गरिएको कार्यक्रममा समुदायमा एकता र समन्वय सुदृढ गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्