नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुवेदी भन्छन्-उपसमितिले बुझाएको प्रतिवेदन शिक्षक-कर्मचारी विरोधी देखियो



काठमाडौं,जेठ ५– नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेस गरेको प्रतिवेदनले शिक्षक-कर्मचारीलाई अन्याय गर्न खोजेको बताएका छन् । प्रतिवेदनमा थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको भन्दै अब झन् दह्रो लडाईँ लड्नुको विकल्प नरहेको चेतावनी दिएका छन् ।

प्रतिवेदनमा उल्लेख गरिएका विषयले अस्थायी प्रकृतिका राहत, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमति वमोजिम न्याय नगरेको उनको भनाई छ । साथै आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भएको, सरुवा झन् शिक्षक मारा भएको, बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन नसकेको बताउँदै सबैलाई अन्याय गर्न खोजिएको बताएका छन् । सुवेदीले अब झन् दह्रो लडाईँ लड्नुको विकल्प नरहेको समेत सामाजिक सञ्जालमा लेखेका छन् ।

शिक्षा उपसमितिको प्रतिवेदन बारे लेख्दै उनले भनेको छन् ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेस गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो । यसले अस्थायी प्रकृतिका राहत, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमति वमोजिम न्याय गरेन । आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो । सरुवा झन् शिक्षक मारा भयो । बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन । सबैलाई अन्याय गर्न खोजियो । अब झन् दह्रो लडाईँ लड्नुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्