विद्यालय शिक्षा विधेयकमा प्रचुर छलफल बाँकी नै रहेकोले टीकाटिप्पणी अनावश्यक

काठमाडौं,जेठ ५ । विद्यालय शिक्षा विधेयकमा प्रचुर छलफल बाँकी नै रहेकोले टीकाटिप्पणी अनावश्यक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताएका छन् ।
सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सबै विषय टुङ्गो नलाई सकेकोले हतारमा टीकाटिप्पणी गर्न नहुने बताएका हुन् ।
उनले भने ‘उपसमितिले आफ्नो प्रतिवेदन दिएको छ ।मैले पनि त्यसलाई अध्ययन गर्न बाँकी छ । उपसमितिले आफ्नो राय न दियो । कतिपय विवादास्पद विषयमा छलफल गर्न बाँकी नै छ । सबै विषय टुङ्ग्याएको पनि छैन । समितिमा छलफल हुन्छ । छलफल गर्न बाँकी नै छ । किन हतारिने ।’आइतवार विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएपछि शिक्षक कर्मचारीहरूले त्यसको विरोध गरेका छन् ।
आइतवार विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएपछि शिक्षक कर्मचारीहरूले त्यसको विरोध गरेका छन् ।