नुवाकोटको शिवपुरीमा उन्नत जातको घाँसको नमुना ब्याड राखियो

नुवाकोट,जेठ ५ — शिवपुरी गाउँपालिका–५ स्थित महाकालीमा उन्नत जातको घाँसको नमुना ब्याड स्थापना गरिएको छ। शिवपुरी रूपान्तरण परियोजना अन्तर्गत हेफर इन्टरनेशनल र गाउँपालिकाको साझेदारीमा भट्टासे, इपिलिपि र इन्दु जातको घाँस १ रोपनी क्षेत्रफलमा लगाइएको हो।
स्थानीय नमुना महिला समूहको अगुवाइमा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत समूहकी अध्यक्ष मञ्जु पोखरेलले घाँसको विरुवा असारको पहिलो हप्ताभित्र वितरण गरिने जानकारी दिइन्।
उक्त क्षेत्रमा रहेका ३१ घरधुरी किसानहरू पशुपालनमा संलग्न रहेका छन्। उन्नत जातको घाँस उत्पादनले दिगो पशुपालन र यसको व्यवस्थापनमा सहयोग पुग्ने स्थानीय अगुवा महिला बिमला लामाले बताइन् ।