बागमती प्रदेशका डीआईजी पौडेलद्वारा नुवाकोट जिल्ला प्रहरी कार्यालयको निरीक्षण



नुवाकोट, २०८२ जेठ ६ – बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा निरीक्षण भ्रमण गरेको छ।

सोमबार निरीक्षण टोलीले कार्यालय परिसरभित्र रहेका पेरिमिटर, मेश, ब्यारेक, हिरासत कक्ष, सम्पूर्ण शाखाहरू, शौचालय, चमेना गृह तथा होजियारी लगायतका संरचनाहरूको स्थलगत अवलोकन गरेको थियो।

निरीक्षणपश्चात् डीआईजी पौडेलले उपस्थित प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ प्रभावकारी रूपमा कार्य सम्पादन गर्न निर्देशन प्रदान गर्दै, सेवा प्रवाहमा अझै पारदर्शिता र जनमैत्री व्यवहार प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमले प्रहरी कर्मचारीहरूमा थप उत्साह र जिम्मेवारीबोध जागृत गराएको विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्