एसइई दिएर बसेका नुवाकोटका विद्यार्थीलाई निःशुल्क बारिस्टा तालिम

नुवाकोट, जेठ ६ – विदुरस्थित पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयले यस वर्ष एसइई (SEE) परीक्षा दिइसकेका विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क बारिस्टा (BARISTA) तालिम सञ्चालन गर्ने भएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालन हुने यो तालिम यहि जेठ ११ गतेदेखि सुरु हुने छ।
शिक्षालय प्रमुख कपिल पाण्डेले हस्ताक्षरित सूचनामा उल्लेख अनुसार तालिममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले एसइई (SEE) परीक्षाको प्रवेशपत्र संलग्न गरी निवेदन दिनुपर्नेछ। आवेदन फारम बुझाउने म्याद जेठ ६ गतेदेखि जेठ ९ गतेसम्म रहेको छ। तालिमको अवधि १० दिनको हुनेछ।
यो तालिमले हालै विद्यालय शिक्षा सकेका युवाहरुलाई व्यावसायिक सीप प्रदान गर्दै रोजगारीका अवसरहरूमा पहुँच बढाउने अपेक्षा गरिएको छ।
अधिक जानकारीका लागि शिक्षालयको सम्पर्क नम्बर ०१०-५६०६१ र इमेल pbpibidur1@gmail.com मा सम्पर्क गर्न सकिने जनाइएको छ।
