मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं,जेठ ६—मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो।
मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबाहदुर देउवाबीच आज गभर्नर नियुक्ति गर्ने सहमति जुटेको हो।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिको बैठकले तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेको छ। जसमा डा. विश्व पौडेल पनि रहेका छन्। सरकारले पौडेललाई नै गभर्नर बनाउने तयारी गरेको हो।