शिवपुरीको नागेडाडामा पहिरोः गोपेखोला हुँदै सिक्रे–पुडिभञ्ज्याङ सडक खण्ड अवरुद्ध

नुवाकोट,जेठ ७ –गएको राति परेको अविरल वर्षाका कारण शिवपुरी गाउँपालिका–३ को गोपेखोला हुँदै नागेडाडा, माझीटोल, गुरुङगाउँ, सिक्रे हुँदै पुडिभञ्ज्याङ जाने सडक खण्डमा ठूलो पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
नागेडाडामा गएको पहिरोले सडक सम्पर्क विच्छेद भएको हो। सवारी साधन मात्र नभई पैदल यात्रु समेत प्रभावित भएका छन्। शिवपुरी गाउँपालिकाका प्राविधिक सुदीप केसीका अनुसार पहिरोले स्थानीयवासीको दैनिक आवागमनमा कठिनाइ सृजना गरेको छ भने गौजिनी क्षेत्र तथा रामायण छाप माविमा पनि वर्षायाममा थप समस्या देखिन सक्ने अनुमान गरिएको छ।
सडक अवरुद्ध हुँदा आपत्कालीन सेवा तथा जनजीवन प्रभावित बनेको छ। सम्बन्धित निकायलाई यथासिघ्र पहिरो पन्छाउने कार्यका लागि आग्रह गरिएको छ।
– संवाददाता