नुवाकोटको लिखुमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइयो



नुवाकोट, बैशाख ८ – विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम अन्तर्गत नुवाकोटको लिखु गाउँपालिकास्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालय र श्री बच्छला माध्यमिक विद्यालयमा विविध स्वास्थ्यसम्बन्धी गतिविधिहरू सम्पन्न भएका छन्।

कार्यक्रमको क्रममा सुविधा सामुदायिक स्वास्थ्य इकाईका प्रमुख सुदीप अधिकारीले विद्यालयका बालबालिकालाई स्वास्थ्य, सरसफाइ, पोषण लगायतका विषयमा सहजीकरण गरेका थिए। साथै, बालबालिकालाई जुकाको औषधि वितरण गरिएको थियो।

बुधबार सम्पन्न कार्यक्रममा डिजिटल माध्यमबाट समेत स्वास्थ्य शिक्षा सम्बन्धी विविध प्रशिक्षणहरू प्रदान गरिएको थियोे ।

उक्त कार्यक्रममा दुवै विद्यालयका विद्यार्थी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्