तेल भनेर डिजलको ‘भुटुन’ हालेपछि…..



मकवानपुर,जेठ ८ । पेट्रोलियम पदार्थ डिजेललाई तेल भनेर कराइमा हाल्दा आगो सल्किएको छ । मकवानपुरको हेटौंडा–८ कमानेस्थित नमुना टोलमा बुधबार साँझ भएको आगलागीमा दुई जना घाइते भएका छ्न ।

पर्सा, वीरगञ्ज महानगरपालिका–३० घर भई हाल डेरा गरी बस्दै आएका सलाउदिन देवानकी १३ वर्षीया छोरी असिया खातुनले मासु पकाउने क्रममा गल्तीवश डिजेल हाल्दा आगो लागेको हो ।

आगो लागेपछि उनको अनुहार, हात, पिठिउँ र खुट्टा जलेको छ भने उनीसगै बस्ने भारत बिहार राज्य, मोतिहारी जिल्लाकी २५ वर्षीया अफ्रिदा खातुन सामान्य घाइते भएकी छिन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक विमला कुमारी कठायतको नेतृत्वमा खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएर घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ ।

आगलागीबाट काठको ढोका, धान, चामल र लत्ताकपडा जलेर अन्दाजी बीस हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्