बिहिबार पनि सुनकाे मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं,जेठ ८ । बिहिबार पनि सुनकाे मूल्य उच्च अंकले बढेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला २७०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ९१ हजार ५०० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख ८९ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि प्रतिताेला ३५ रूपैयाँले बढेकाे छ । बुधबार प्रतिताेला १ हजार ९९० रुपैयाँमा काराेबार भएकाे चाँदी बिहिबार ताेलाकाे २ हजार २५ रूपैयाँ कायम भएकाे छ ।