मन्त्रिपरिषद् बैठकका नौ निर्णय (सूचीसहित)

काठमाडौं,जेठ ८ । सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदिको बिच भागमा जम्मा भएको नदिजन्य पदार्थ हटाइ व्यवस्थापन गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदि नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै नेपाली सेना, सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधि थप गर्ने निर्णय बैठकले गरेको जानकारी उनले दिए ।
सञ्चारमन्त्री गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाप कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्यायोजना, २०८२ स्वीकृत गर्ने निर्णय बैठकले गरेको बताए । यसँगै बैठकले अन्य विभिन्न नौ वटा निर्णय गरेको छ ।
