दाहसंस्कार गर्न लगिएको ६ बर्षीया बालिकाको शव प्रहरी नियन्त्रणमा



संखुवासभा,जेठ ९ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भोटखोला गाउँपालिका-४ सिप्प्रङ की ६ बर्षीया बालिका एम्बुलेन्समार्फत घरतर्फ लग्दै गरेको शव बाटोमै नियन्त्रणमा लिएको हो ।

बिहीबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ बर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।

बैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाईबुहारी कल्पना (गुरुङ) तामाङ बीच झै–झगडा भएको थियो । झै–झगडाका क्रममा भाईबुहारी कल्पनाले भजिती छोरी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाईते भएकी थिइन् ।

गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो ।

नियन्त्रणमा लिएको शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले गोपालकी भाईबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेर सदरमुकाम खाँदबारी ल्याउँदै गरेको जनाएको छ ।

घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्