नुवाकोटको काफ्ले दहमा डुबेर एक युवकको मृत्यु



नुवाकोट, जेठ ९ — जिल्लाको दुप्चेश्वर गाउँपालिका–७, नाइखोलास्थित काफ्लेदहमा डुबेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय काले तामाङका २८ वर्षीय छोरा शुक्र तामाङको शुक्रबार बिहान ११:३० बजे पानीमा डुबेर मृत्यु भएको हो। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खरानीटारबाट प्रहरी निरीक्षक जयन्ती थापाको नेतृत्वमा टोली खटिएको थियो।

टोलीले प्रारम्भिक अनुसन्धान गरी कानुनी प्रक्रिया अनुसार मुचुल्का उठाउनुका साथै शवलाई पोष्टमार्टमका लागि त्रिशूलीस्थित जिल्ला अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्