रामेछापमा धारिलो हतियार प्रहार गरि ससुराले गरे बुहारीको हत्या, प्रहरीमा आत्मसर्मपण

रामेछाप,जेठ ९ । रामेछापको मन्थली नगरपालिका–१२ गेलु सिक्रालमा धारिलो हतियार खुकुरी प्रहार गरि ससुराले बुहारीको हत्या गरेका छन् ।
शुक्रबार साँझ आफ्नो बच्चा लिन घर आएकी बुहारी अन्दाजी वर्ष २८ की पवित्रा बुढाथोकीलाई आफ्नै ससुरा ६१ वर्षका शम्भु बुढाथोकीले खुकरी प्रहार गरी हत्या गरेका हुन् ।
बुहरीलाई खुकुरीले हानेर हत्या गरि ससुरा बुडाथोकीले खिम्ती प्रहरी चौकीमा आत्मसर्मपण गरेको स्थानीय ध्रुव बुढाथोकीले जानकारी दिए । मृतक पवित्राका श्रीमानले गत साउनमा झुन्डीएर आत्महत्या गरेका थिए ।
स्थानीयका अनुसार छोराले आत्महत्या गरेपछि बुहारीको कारण छोराले आत्महत्या गरेको ससुराले आरोप लगाउँदै आएका थिए । पवित्राको ९ वर्षको छोरा हजुरबुबासँग बस्दै आएका थिए ।
छोराको बारेमा बिबाद चलिरहेको र यही छोराको कारणले घटना भएको हुन सक्ने स्थानीयको अनुमान छ । घटनाबारे जानकारी पश्चात आफुहरु घटना स्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।घटनाको पुरा विवरण आउन बाकी छ ।