नुवाकोटमा भोलि दिनभरजसो विद्युत आपूर्ति बन्द हुने



नुवाकोट,जेठ ९ । नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रका अनुसार आवश्यक मर्मत कार्यका कारण भोलि जेठ १० गते शनिबार नुवाकोट जिल्लाका विभिन्न स्थानहरूमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

पहिलो सूचना अनुसार, समुद्रटार सबस्टेशनको समुद्रटार फिडरबाट वितरण हुने ११ के.भी. लाइनहरूको बस कटिङ तथा मर्मत कार्य गरिनुपर्ने भएकाले बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म विद्युत आपूर्ति बन्द हुनेछ। यस अन्तर्गत विदुर नगरपालिका अन्तर्गतको दुुप्चेश्वर गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ (बालकुमारी, वेतीनी, गाउखर्क, राउतबेँशी) क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ।

त्यसैगरी दोस्रो सूचनामा त्रिशूली सबस्टेशनको फिडर नं. १ बाट वितरण हुने ११ के.भी. लाइनहरूको मर्मत कार्यका कारण बिहान ९:०० बजे देखि राति ११:०० बजे सम्म विद्युत आपूर्ति बन्द हुनेछ। प्रभावित क्षेत्रहरूमा विदुर नगरपालिकाको वडा नं. २, १० र ११ (नुवाकोट, दारिगोड़ा, गेर्खु, महमिर), लिखु गाउँपालिकाका वडा नं. १, २, ३ (ढिकुरे, खानीगाउँ, राउलस्वारा), तादी गाउँपालिकाका वडा नं. ६ (पौवाथोक एरिया ) तथा वडा नं. २, ३, ४, ५ (फ्लाटे, चनौटे, कटुन्जे, हल्दे, बोरे, फेदीबेँशी) पर्दछन्।

प्राधिकरणले मर्मत कार्य समयमै सम्पन्न भई सकेमा विद्युत सेवा निर्धारित समय अगावै पुनः सुचारु गरिने जानकारी समेत दिएको छ। साथै, असुविधाका लागि क्षमाप्रार्थी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्