नुवाकोटको समुन्द्रटार फिडरअन्तर्गतको विद्युत आपूर्ति आज दिनभर बन्द हुने



नुवाकोट,जेठ १० — नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले यही २०८२ साल जेठ १० गते शनिबार समुन्द्रटार फिडरअन्तर्गतका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द रहने जानकारी दिएको छ।

प्राधिकरणका अनुसार समुन्द्रटार सबस्टेशनको ११ के.भी. लाइनहरूमा बुस कटिङ तथा मर्मत सम्भार कार्य गर्नुपर्ने भएकाले सो दिन बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म विद्युत आपूर्ति बन्द रहनेछ।

विद्युत आपूर्ति बन्द हुने स्थानहरूमा दुप्चेश्वर गाउँपालिका वडा नं. २, ३, ४ र ५ अन्तर्गत बालकुमारी, बेतीनी, गाउँखर्क र राउतबेंसी क्षेत्रहरू रहेका छन्।

यसैबीच वितरण केन्द्र अन्तर्गत त्रिशुली सवस्टेशनको फिडर नम्बर १ बाट वितरण भएका ११ के.भि. लाईनहरु समेत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विदुर नगरपालिकाको वडा नं. २, १० र ११, नुवाकोट, दारेगौडा, गेर्ख, महभिर) लिखु गांउपालिकाको को वडा नं. १ र २ ढिकुरे, खानीगांउ, राउलस्वांरा) तादी गांउपालिकाको वडा नं. ६ (पौवाथोक एरिया, सूर्यगढी गाउपालिकाको को वडा नं. २, ३, ४, र ५ (फलाटे, चोगते, कटुन्जे, हल्दे, बोरे, फेदीवेशी) सम्म विद्युतबन्द हुने प्राधिकरणले जनाएको छ ।

नुवाकोट वितरण केन्द्रले असुविधाका लागि क्षमा माग्दै तोकिएको समय अगावै मर्मत कार्य सम्पन्न भएमा समयभन्दा पहिले नै विद्युत सेवा पुनः सञ्चालन गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्