नुवाकोटको बट्टारमा ‘शिवालय सिनेप्लेक्स’ सिनेमा हल सञ्चालनमा



नुवाकोट,जेठ ११ । जिल्लाको विदुर नगरपालिका–३, बट्टारस्थित पुरानो बजारमा नयाँ सिनेमा हल ‘शिवालय सिनेप्लेक्स’ सञ्चालनमा आएको छ। युवा व्यवसायी सन्तोष अधिकारी र पासाङ लामाको संयुक्त लगानीमा निर्माण गरिएको सिनेमा हल आईतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले एक विशेष समारोहबीच गरेका थिए। व्यवसायीद्वय अधिकारी र लामाका अनुसार सिनेमा हल निर्माणमा रु एक करोडभन्दा बढी लगानी गरिएको छ।

२ सय ४० सिट क्षमताको अडिटोरियम हल रहेको शिवालय सिनेप्लेक्सले दर्शकलाई गुणस्तरीय दृश्य–श्रव्य अनुभव दिन सुसज्जित प्रविधि प्रयोग गरिएको जनाएको छ। सञ्चालनको पहिलो दिन हलमा नेपाली चलचित्र ‘नरासिंहा’ प्रदर्शन गर्दै नियमित शो सुरु गरिएको छ।

सञ्चालक सन्तोष अधिकारीका अनुसार सिनेप्लेक्समा हाल अपराह्न १२:१५, दिउँसो ३:१५ र साँझ ७:१५ गरी तीन शो सञ्चालन हुनेछन्। साथै, अनलाइन टिकट बुकिङ सेवा पनि छिट्टै सुरु हुने जानकारी दिँदै उनले अर्को साताबाट दर्शकले अनलाइनमार्फत् टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइने बताए।

प्रतिक्रिया दिनुहोस्