शिवपुरी-६ मा फोहरमैला व्यवस्थापनका लागि वडा कार्यालयको आग्रह



नुवाकोट,जेठ १२— शिवपुरी गाउँपालिका वडा नं. ६, समुन्द्रदेवीस्थित वडा कार्यालयले स्थानीय विद्यालय, स्वास्थ्य चौकी, होटल, पसल, उद्योग, पोल्ट्री तथा बाख्राफर्म, कार्यशाला, घरधनी तथा सम्पूर्ण नागरिकलाई फोहरमैला व्यवस्थापनमा सक्रिय हुन अनुरोध गरेको छ।

२०८२ साल जेठ ११ गते जारी गरिएको सूचनामा फोहोरमैला कुहिने, नकुहिने तथा सिसाजन्य वर्गीकरण गरी व्यवस्थापन गर्न आग्रह गरिएको छ। यसले स्वच्छ, स्वस्थ र सुरक्षित वातावरण निर्माणमा टेवा पुग्ने वडा अध्यक्ष विष्णु श्रेष्ठले विश्वास राखे ।

वडा सचिव टिकाराम राईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार फोहरमैला व्यवस्थापन नगर्ने व्यक्तिहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४, फोहरमैला व्यवस्थापन ऐन, २०६८, जनस्वास्थ्य ऐन, २०७५ र वातावरण संरक्षण ऐन, २०७६ बमोजिम जरिवाना तथा कानुनी कारबाही गरिनेछ।

शिवपुरी-६ वडा कार्यालयले स्थानीय बासिन्दाहरूलाई फोहरमैला छुट्टाछुट्टै वर्गीकरण गरी उचित स्थानमा व्यवस्थापन गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्