न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपालको औपचारिक भ्रमणमा आउदै



काठमाडौं,जेठ १२ । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै छन्  । उनले यही जेठ १४ र १५ गते नेपालको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यसैगरी, उनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्