नुवाकोटको माझीटारमा डिप बोरिङ परीक्षण सफल, पानी प्रवाह सुरु



नुवाकोट,जेठ १२ । विदुर नगरपालिका–५ माझीटारमा खानेपानी तथा सिँचाइको लागि भइरहेको पानी अभाव समाधानतर्फ एक महत्वपूर्ण प्रगति भएको छ। नगरप्रमुख राजन श्रेष्ठको पहलमा बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुरसिंह लामा मार्फत बजेट उपलब्ध गराई थालनी गरिएको डिप बोरिङको परीक्षण सफल भएको छ र पानी आउन समेत सुरु भएको छ।

डिप बोरिङ परीक्षण सफल भएपछि उक्त स्थलमा नगरप्रमुख श्रेष्ठ, वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपाने, जिल्ला समन्वय समितिकी सदस्य सन्तोषी देवकोटा लगायत सरोकारवाला व्यक्तिहरुले संयुक्त अवलोकन गरेका छन्।

डिप बोरिङबाट निकालिएको पानीको वितरण तथा व्यवस्थापनका लागि आवश्यक थप सहयोग तथा समन्वय गरिने प्रतिबद्धता नगरप्रमुख श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्