नुवाकोटको तादीमा सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सम्पन्न



नुवाकोट,जेठ १२— तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित दुई दिवसीय सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सोमबार सम्पन्न समापन कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको अध्यक्षता रहँदा प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा शिक्षा अधिकृत सन्तोष खनाल, प्राविधिक सहायक टिका देवी खरेल, शिक्षक सहजकर्ता दीपक प्रसाद सिटौला तथा सामुदायिक विद्यालयका शिक्षकरूको विशेष सहभागिता रहेको थियो।

तालिममा आधारभूत तथा माध्यमिक तहका विद्यालयका आइटी( IT ) स्रोत शिक्षकहरू सहभागी भएका थिए। कार्यक्रमले शिक्षणमा सूचना प्रविधिको प्रभावकारी प्रयोग, डिजिटल शिक्षण–शिक्षण सामग्री निर्माणको सीप अभिवृद्धि तथा विद्यार्थीको सिकाइ नतिजामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

तालिमले सहभागी शिक्षकहरूलाई प्रविधिमैत्री बनाउने र डिजिटल शिक्षण पद्धतिलाई अझ प्रभावकारी बनाउने दिशामा टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्