समाजसेवी खड्काले दिए शिवपुरीका विद्यार्थीलाई शैक्षिक झोला तथा प्रहरी चौकीलाई प्रिन्टर

नुवाकोट, जेठ १२ । शिवपुरी गाउँपालिका–२ मा रहेका सम्पूर्ण विद्यालयका करिब ३०० जना विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरिएको छ। साथै, स्थानीय प्रहरी चौकीलाई पनि प्रिन्टर प्रदान गरिएको छ।
सहयोगी मनका धनी नेकपा एमाले नुवाकोट क्षेत्र नं. १ का अध्यक्ष एवं समाजसेवी शुसिल कुमार खड्काको विशेष पहलमा उक्त सहयोग सम्पन्न भएको हो।
झोला तथा प्रिन्टर वितरण कार्यक्रममा नेकपा (एमाले )बागमती प्रदेश कमिटी सदस्य जितेन्द्र बिष्ट, नुवाकोट क्षेत्र नं. १(क) प्रदेश समन्वय कमिटी अध्यक्ष श्याम लामा, शिवपुरी गाउँपालिका कमिटी अध्यक्ष कमल तामाङ (नुवाकोटे टाइगर), सचिव जितसिंह खड्का, शिवपुरी वडा नं. ३ का वडा कमिटी अध्यक्ष प्रदीप तामाङ, साथै दुप्चेश्वरका युवा दिपक पण्डित लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक सामग्रीको पहुँच सहज बनाउने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई आयोजक पक्षले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।