पञ्चकन्या गाउँपालिकामा स्वास्थ्य सामग्रीको अनुगमन सम्पन्न



नुवाकोट,जेठ १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा स्वास्थ्य शाखा अन्तर्गत खरिद गरिएका आधारभूत तथा आकस्मिक औषधि तथा औषधिजन्य सामग्रीहरुको चेकजाँच तथा अनुगमन कार्य सम्पन्न गरिएको छ।

उक्त अनुगमन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक विमला के.सी., बरिष्ठ लेखा अधिकृत  मनिला चाम्लिङ, स्वास्थ्य संयोजक हेमनारायण महतो लगायत अन्य कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो।

स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न र सार्वजनिक खर्चको पारदर्शिता कायम राख्नका लागि सामग्रीको गुणस्तर, म्याद, भण्डारण अवस्था लगायतका पक्षमा चेकजाँच गरिएको अनुगमन टोलीले जानकारी दिएको छ।

गाउँपालिकाले यस्ता अनुगमन कार्यलाई निरन्तरता दिँदै स्थानीयवासीलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्