शिक्षा ऐनमा २० प्रतिशत बजेट छुट्याउन बुझायाे नेविसंघले सरकारलाइ २५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं,जेठ १३ । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा ऐन कार्यान्वयनका लागि कुल बार्षिक बजेटकाे न्युनतम २० प्रतिशत बजेट विनियोजन गर्न माग गर्दै साेमबार अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
नेविसंघले शिक्षा क्षेत्रका समस्याप्रति संवेदनशील भएर समाधानको प्रष्ट योजनासहित कुल बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्न सरकारलाइ ध्यानाकर्षण गराएको हो।
नेविसंघले सिंहदरबारमा अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले कुल बजेटको कम्तीमा २० प्रतिशत रकम अनिवार्य रूपमा सार्वजनिक शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राखेको हो ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो।
अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै नेविसंघले विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यसै आर्थिक वर्षदेखि प्रभावकारी रूपमा लागू हुनेगरी आवश्यक विनियोजन गर्न समेत माग राखेको छ।
महँगी नियन्त्रणको नीति लागू गर्नुपर्ने, विद्यार्थीहरूको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने बस्तुहरूमा सहुलियत प्रदान गर्ने नीति ल्याउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको नेविसंघले बताएकाे छ ।
त्यस्तै, नेविसंघले वैदेशिक रोजगारका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न ४० वर्ष उमेर समूहका युवा लक्षित अनिवार्य प्राविधिक तालिम सम्बन्धी नीति तर्जुमा गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको हाे ।