ट्याक्टरको ठक्करबाट दुईको मृत्यु

सुनसरी,जेठ १३ । ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा सोमबार दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १-०२-००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १-०२-०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका-१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका-१ का २१ वर्षीय महजित अन्सारी गम्भीर घाइते भएका थिए ।
दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक भोक्राहा नरसिंह-३ का ४६ वर्षीय सुब्जी राम चमारलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।