तादीमा च्याउ खेती सम्बन्धी तीन दिने तालिम सम्पन्न

नुवाकोट,जेठ १३ — जिल्लाको तादी गाउँपालिकाको आयोजनामा च्याउ खेती सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाल तथा विशेष अतिथि वडा अध्यक्षहरु नकुर दोङ तामाङ र सरोज भण्डारी, साथै कृषि अधिकृत नविन राना मगरको उपस्थिती रहेको थियो।
तालीम आइतबारदेखि मंगलबारसम्म सञ्चालन गरिएको थियो, जसमा स्थानिय कृषकहरुको उल्लेख्य सहभागिता रहेको थियो। तालिमको अन्त्यमा सहभागी कृषकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमबाट स्थानिय स्तरमा च्याउ खेतीको प्रवर्द्धन हुने, स्वरोजगारको अवसर सृजना भई कृषकहरुको आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। तालिमको सफलता प्रति सहभागीहरुले पनि सन्तुष्टि व्यक्त गरेका छन्।