पञ्चकन्या-२,ब्रह्मक्षेत्र गुरुकुलमा पितृ स्मृतिमा वस्त्रदान, वेदघोष र योग कार्यक्रम सम्पन्न



नुवाकोट,जेठ १३ ।  पञ्चकन्या–२ ब्रह्मक्षेत्रस्थित श्री ब्रह्मेश्वर वेद विद्याश्रम (गुरुकुल) मा पितृ स्मृतिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। पञ्चकन्या–२ कविलास निवासी स्व. बालकृष्ण खनाल तथा माता लिलादेवी खनाल लगायत सम्पूर्ण पितृहरुको स्मृतिमा यादव प्रसाद खनाल, उद्धव प्रसाद खनाल, दण्डराज खनाल, श्रवण खनाल लगायत खनाल परिवारद्वारा आवासीय विद्यार्थीहरूलाई ५२ सेट कुर्ता सुरुवाल प्रदान गरिएको हो।

उक्त कार्यक्रममा गुरुकुलका अध्यक्ष केदारनाथ पाठकको सभापतित्वमा पण्डित संगम पाठकको समूहद्वारा वेदघोष कार्यक्रम सञ्चालन गरिएको थियो।

त्यसैगरी अथर्ववेदी अध्यापक पण्डित वासुदेव अर्यालबाट “वैदिक वाङ्मय र दिनचर्या” विषयमा विशेष प्रवचन दिइयो। साथै वरिष्ठ योग प्रशिक्षक कञ्चन घिमिरेले “योग, ध्यान, प्राणायाम र खानपानको महत्व” विषयमा सन्देशमूलक उद्वोधन गरे ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, गुरुजन तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गुरुकुलका तर्फबाट सम्पूर्ण सहयोगदाताहरूप्रति आभार व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्