राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे निर्वाचित

काठमाडौं,जेठ १४ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
थेबेले ७९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गरे । कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।