बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

रुपन्देही,जेठ १४ । बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बिभत्स हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनको हत्या भएको जानकारी दिए । आमा ३३ वर्षकी दिपा बस्याल र छोरीहरु ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानी रहेका प्रवक्ता कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले घटना आज बिहान ४ बजेतिर भएको बताए । उनले विस्तृत अनुसन्धान भइरहेकोले केही बेरपछि थप विवरण आउने जानकारी दिए ।