पञ्चकन्याको थप्रेक स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन समारोह सम्पन्न



नुवाकोट, जेठ १४ — पञ्चकन्या गाउँपालिका वडा नं. ४ मा अवस्थित थप्रेक स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ।

वडा नं. ४ का अध्यक्ष सञ्च तामाङको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष विमला के.सी.को विशेष आतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमनारायण महतोको उपस्थिति, गाउँपालिकाका सबै वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, शाखा प्रमुखहरू, स्वास्थ्यकर्मीहरू, कर्मचारीहरू, सुरक्षाकर्मीहरू, र विभिन्न पार्टी प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भयो।

कार्यक्रममा रुडेक नेपालका अध्यक्ष मिनकुमार के.सी.को समेत उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त समारोहमा नयाँ भवनको उद्घाटनसँगै स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

समुद्घाटन समारोहले स्थानीय सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने र स्वास्थ्य सुविधामा पहुँच अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्