तादी गाउँपालिकामा एकीकृत पाठ्यक्रमसम्बन्धी दुईदिने कस्टमाइज तालिम सम्पन्न



नुवाकोट, जेठ १४ — तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको एकीकृत पाठ्यक्रमसम्बन्धी दुईदिने कस्टमाइज तालिम कार्यक्रम बुधबार समापन गरिएको छ।

समापन कार्यक्रम तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा विशेष अतिथि उपाध्यक्ष सन्जु प्याकुरेल, प्रहरी प्रमुख ध्रुब खनाल, शिक्षा अधिकृत सन्तोष खनाल, प्रअस टिका देवी खरेल, प्रशिक्षक कुमार राज श्रेष्ठ, जनार्दन नेपाल, तथा शिक्षक सहजकर्ता दीपक प्रसाद सिटौला सहभागी थिए।

तालिममा तादी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रतिनिधि शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। तालिमको उद्देश्य एकीकृत पाठ्यक्रमको सैद्धान्तिक र व्यवहारिक पक्षमा शिक्षकहरूलाई अभिमुखीकरण गराउनु रहेको आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्