सरकारले भोलि सदनमा बजेट प्रस्तुत गर्दै: बजेटको आकार १९ खर्ब हाराहारी रहने

काठमाडौं,जेठ १४ । सरकारले आर्थिक बर्ष २०८२/८३ को बजेट भोलि संसद मार्फत प्रस्तुत गर्दैछ ।
संसदको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको बार्षिक आय-व्ययको विवरण प्रस्तुत गर्ने कार्यक्रम छ ।
यस बर्षको कूल बजेट करीव १९ खर्व हाराहारीको हुने अर्थमन्त्रालयले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार हरेक बर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्छ । यसैवीच बजेट लेखनको सम्पूर्ण तयारी पूरा भएको अर्थमन्त्रालयले जनाएको छ ।