पञ्चकन्याको बाटुलीचौर-सालघारी सडक ढलान कार्य, सवारी आवागमन अस्थायी रूपमा बन्द



नुवाकोट,जेठ १४ । पञ्चकन्या गाउँपालिका, वडा नं. ४ अन्तर्गत पर्ने सातबिसे साल्घारी मंगला सडक खण्डअन्तर्गत बाटुलीचौर सालघारी क्षेत्रमा सडक ढलान कार्य सुरु हुने भएको छ।

गाउँपालिकाका प्राविधिक सहायक कपिल शाहका अनुसार सो कार्य २०८२ साल जेठ १५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ। सडक निर्माणको क्रममा सर्वसाधारणको सुरक्षा तथा कामको सहजतालाई मध्यनजर गर्दै सो अवधिमा बाटुलीचौर सालघारी वन क्षेत्रमा सवारी साधन सञ्चालन पूर्ण रूपमा निषेध गरिएको छ।

गाउँपालिकाले स्थानीय बासिन्दा, सवारी चालक तथा यात्रुहरूलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। सडक निर्माण पश्चात आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

पञ्चकन्या गाउँपालिका यस अस्थायी असहज परिस्थितिमा सहकार्य गर्न सबैलाई आग्रह गर्दछ।

प्रतिक्रिया दिनुहोस्