पहिरोले अवरुद्ध बनायो कान्तिलोकपथ

मकवानपुर, भदौ १५ — मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित भ¥याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार आज बिहान करिब ३ः०० बजे सुक्खा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो। पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ भने यात्रुहरू समस्यामा परेका छन्।
सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइसकेको र पहिरो हटाउने कार्य प्रारम्भिक चरणमा रहेको प्रवक्ता अर्यालले जानकारी दिए।
लगातार वर्षा नभएको अवस्थामा सुक्खा पहिरो खसेको हुँदा सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।