तादी गाउँपालिकामा गणतन्त्र दिवस भव्यताका साथ सम्पन्न

नुवाकोट,जेठ १५ — जिल्लाको तादी गाउँपालिकामा गणतन्त्र दिवस विशेष कार्यक्रम मनाइएको छ।
गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवस २०८२ को औपचारिक सुरुवात गरे । कार्यक्रमको अवसरमा उनले गणतन्त्र स्थापनाको ऐतिहासिक पृष्ठभूमि, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणमा गणतन्त्रको योगदानबारे प्रकाश पारे ।
कार्यक्रममा तादी गाउँपालिकाका जनप्रतिनिधिहरू, गाउँपालिकाका विभिन्न विभागका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा नागरिक समाजका अगुवा व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
झण्डोत्तोलन पश्चात गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो। सहभागीहरूले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासमा सबै पक्षले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए।
कार्यक्रम शान्तिपूर्ण, सभ्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको तादी गाउँपालिकाले जनाएको छ।